Logo

अर्थ

प्रतिनिधिसभा बैठक : बजेटमाथिका प्रश्नमा मन्त्रीहरूले जवाफ दिने



काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ ।

संसद भवन नयाँबानेश्वरमा बिहान ११ बजे सुरु हुने बैठकमा विनियोजन विधेयक २०८० माथिको छलफल जारी रहने छ ।

बैठकमा मन्त्रालयगत बजेटमाथि सांसदहरुले उठाएका प्रश्नको सम्बन्धित मन्त्रीहरूले जवाफ दिने कार्यसूची रहेको छ ।

आजको बैठकमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, अर्थ मन्त्रालय, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय र कृषि तथा पशुपक्षी विकास मन्त्रालयको विनियोजन विधेयक २०८० अन्तर्गत विभिन्न शीर्षकहरूमा सांसदले उठाएका प्रश्नहरूको सम्बन्धित मन्त्रीले जवाफ दिने कार्यसूची छ ।

प्रकाशित मिति : असार १२, २०८० मंगलबार  १० : ४० बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।