Logo

अर्थ

सुनको मूल्यमा लगातार वृद्धि, कतिमा हुँदैछ कारोबार ?



काठमाडौं । नेपाली बजारमा मंगलबार पनि सुनको मूल्य उकालो लागेको छ ।

आज सुनको मूल्य तोलामा २०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । योसँगै प्रतितोला छापावाला सुन १ लाख १० हजार ६०० रुपैयाँ र तेजाबी सुन १ लाख १० हजार ५० रुपैयाँ कायम भएको छ ।

हिजो सुनको मूल्य तोलामा २०० रुपैयाँले नै बढेको थियो । यो दिन प्रतितोला छापावाला सुन १ लाख १० हजार ४०० रुपैयाँ तेजाबी सुन १ लाख ९ हजार ८५० रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य तोलामा १० रुपैयाँले बढेर १ हजार ३७५ रुपैयाँ कायम भएको छ । हिजो तोलामा १५ रुपैयाँले बढेर चाँदी १ हजार ३६५ रुपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित मिति : १२ असार २०८०, मंगलवार १२:११   :  बजे

300
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।