काठमाडौं । चिनियाँ धनाढ्य ज्याकमा काठमाडौं आइपुगेका छन् ।
उनी सवार विमान बोइङ ७३७ म्याक्स २ बजेर ३० मिनेट जाँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको अध्यागमन विभागले जनाएको छ । उनी चीनबाट बंगलादेशको राजधानी ढाका हुँदै काठमाडौं आइपुगेका हुन् ।
‘ज्याक्मा सवार निजी जहाज काठमाडौं अवतरण गरेको छ,’ अध्यागमन विभागका एक कर्मचारीले भने,‘ उनीसँग एउटा टोली पनि नेपाल आएको छ । ’ स्रोतका अनुसार उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग पनि भेट्ने कार्यक्रम छ ।
उनी यूपिसीएमए बोइङ ७३७ विमानमा १५ दिनको भिजिट भिषामा नेपाल आएको अध्यागमन विभागका सूचना अधिकारी निर्देशक खिमलाल भूसालले अनलाइनपानालाई जानकारी दिए । उनीसँग ६ जना पुरुष र १ जना महिना पनि आएका छन् ।
विश्वको ठूलो कम्पनी अलिबाबाका सहसंस्थापक ज्याक मा युन चिनियाँ धनाढ्यको सूचीमा पाँचौ नम्बारमा पर्छन । उनी विश्वका डलर अर्बपतिहरुको सूचीमा ६३ औं स्थानमा छन् । उनले अलिबाबा १९९९ स्थापना गरेका थिए ।
पराराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले भने ज्याक मा नेपाल आउने र कुनै अधिकारीसँग भेटघाट गर्ने, कुनै व्यवसायिक परियोजनाबारे छलफल हुने विषयमा परराष्ट्र मन्त्रालयलाई कुनै जानकारी आइनसकेको बताइन । उनले यसबारे थप बुझेपछि जानकारी हुने बताइन ।




















प्रतिक्रिया