Logo

प्रमुख समाचार

रामदेव पाण्डेको शब्दमा बविनाको  “तिमी नमर्नु है” सार्वजनिक



काठमाडौ। बविना भट्टराईको स्वर तथा संगितमा रहेको “तिमी नमर्नु है” आधुनिक गीत सार्वजनिक भएको छ ।

रामदेव पाण्डेको शब्द रचनामा गीत तयार गरिएको छ । सञ्जय श्रीपालको एरेन्ज/मिक्सिङ/मास्टरीङ गरिएको गीतलाई मुर्चुङ्गा स्टुडियोमा रेकडिङ गरिएको हो । गीतलाई गायिका बविना भटटराईंको युटुव च्यानल मार्फत हेर्न सकिन्छ । जीवनमा आइपर्ने हरेक अप्ठयाराहरुलाई सहज रुपमा लिई एक पटक पाइने अमूल्य जीवनलाई सार्थक बनाउन सकिने उद्घोष रचनाकार पाण्डेको छ । प्रेम र विछोडलाई भावनात्मक रुपमा चित्रण गरेर गीतमा प्रस्तुत गरिएको छ।

गीतमा मिलन र बिछोडमा हुने मानवीय कृयाकलापलाई उजागर गरिएको छ । माया प्रेममा परेका प्रेमिल जोडीहरु विछोडिदा अप्रिय घटनाहरु भैरहेका घटनालाई गीतमा चित्रण गरिएको छ । बुद्ध थापाकोे छायाँकन , सरोज रञ्जितकारको सम्पादन तथा केशव भटटले निर्देशन भिडियोमा गरेका छन । गीतको भिडियोमा बविना भट्टराईलाई भिडियोमा देख्न सकिन्छ ।

प्रकाशित मिति : १७ असार २०८०, आईतवार १८:४५   :  बजे

27
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।