Logo

खेलकुद

नेदरल्याण्ड्सकाे विश्वकप यात्रा रोक्ने दाउमा ओमान



काठमाडौं । जिम्बावेमा जारी आइसीसी एकदिवसीय विश्वकप छनोट अन्तर्गत सुपर सिक्सको पाँचौ खेलमा आज (सोमबार) नेदरल्याण्ड्स र ओमन भिड्दैछन् । हरारे स्पोर्टस् क्लबमा हुने खेल नेपाली समय अनुसार दिउँसो पौने १ मा सुरु हुनेछ ।

नेदरल्यान्ड्स नेपाल रहेको समूह एमा दोस्रो स्थानमा रहँदै सुपर सिक्समा पुगेको हो । ओमान भने समूह बीको तेस्रो स्थानमा रहेर सुपर सिक्समा पुगेको हो ।

सुपर सिक्समा दोस्रो खेल खेल्दै गरेका दुवै टोली पहिलो जितको खोजीमा रहेका छन् । ओमान जिम्बावेसँग पराजित हुँदा नेदरल्यान्डस् पहिलो खेलमा श्रीलंकासँग पराजित भएको थियो ।

नेदरल्यान्ड्सलाई विश्वकपमा छनोटको सम्भावना कायमै राख्नका लागि आजको खेल जित्नै पर्ने हुन्छ ।
आजको खेलमा पराजित भएमा नेदरल्यान्ड्स सुपर सिक्सबाट बाहिरिने तेस्रो टोली बन्ने छ । यसअघि ओमान र वेस्ट इन्डिज विश्वकप छनोटको दौडबाट बाहिरिसकेका छन् । श्रीलंका भने एक खेल अगावै विश्वकपमा स्थान बनाउन सफल भएको छ ।

विश्वकप छनोटको सम्भावना सकिसकेको ओमान नेदरल्यान्ड्सको आगामी यात्रा रोक्न चाहन्छ । विश्वकप छनोटका लागि एक स्थान बाँकी रहँदा जिम्बावे, स्कटल्यान्ड र नेदरल्यान्ड्स दौडमा रहेका छन् ।

प्रकाशित मिति : १८ असार २०८०, सोमबार १२:२३   :  बजे

252
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।