काठमाडौं । कोशी प्रदेशमा नयाँ सरकार गठनका विषयमा छलफल गर्न सत्ता गठबन्धनको बैठक बस्दैछ । आज (सोमबार) अपरान्ह ४ बजे बालुवाटारमा बस्नेगरी बैठक बोलाइएको प्रधानमन्त्रीको प्रेस सल्लाहकार गोविन्द्र आचार्यले जानकारी दिए ।
माओवादी केन्द्रसहितको समर्थनमा गत पुस २४ गते मुख्यमन्त्री बनेका नेकपा एमालेका संसदीय दलका नेता हिक्मत कार्कीले प्रदेशसभामा शुक्रबार विश्वासको मत नपाएपछि नयाँ सरकार गठनको लागि आह्वान भएको छ।
कोशी प्रदेशमा ९३ सदस्य रहेका छन् । बहुमत पुर्याउन ४७ सीट चाहिन्छ । राप्रपाले एमालेसँगको गठबन्धन नछोडेको अवस्थामा विपक्षी गठबन्धनको बहुमत पुग्न सक्ने अवस्था छैन ।
एमालेको ४० र राप्रपाको ६ गरी ४६ सांसद छन् । नेपाली कांग्रेसको २९, माओवादीको सभामुखबाहेक १२ सीट, नेकपा एसको ४ र जसपाको १ गरी गठबन्धनसँग पनि ४६ नै सीट छ । यस्तो अवस्थामा सभामुखलाई बाबुराम आचार्यलाई पुनः सभामुख बनाउने सर्तमा राजीनामा गराएर भएपनि नयाँ सरकार गठनम अग्रसर हुने सत्ता गठबन्धनको तयारी छ ।
यस्तै गठबन्धनको बैठकमा जनमत पार्टीलाई पनि सरकार ल्याउने बिषयमा छलफल हुने बताइएको छ । आइतबार जनमतका अध्यक्ष डा. सिके राउतसँग प्रधानमन्त्रीले प्रचण्डले गठबन्धन दलसँग सहमति गरेर सरकारमा ल्याउने आश्वासन दिएका थिए।




















प्रतिक्रिया