काठमाडौं । साताको दोस्रो दिन सोमबार पनि सेयर बजारमा दोहोरो अंककाे गिरावट देखिएको छ । आज नेप्से परिसूचक २१.३२ अंकले घटेर २०७५.९७ को विन्दुमा झरेको छ ।
त्यसैगरी, ठूला तथा बलिया कम्पनीको मापन गर्ने सेन्सेटिभ परिसूचक पनि ४.१७ अंकले घटेर ३८६.३५ को विन्दुमा पुगेकाे छ । कारोबार रकम हिजोको तुलनामा घटेर ४ अर्ब रुपैयाँ बढीको भएको छ ।
आज नेप्से उपसमूहमा रहेका १३ वटा समूहमध्ये २ वटामा मात्रै हरियाली छाएको छ भने अन्य १२ वटामा रातो पोतिएको छ । आज नेप्सेमा सूचीकृतमध्ये २७६ कम्पनीका ९४ लाख १८ हजार ९५२ कित्ता सेयर ४ अर्ब ५ करोड १० लाख ७८ हजार ३७५ रुपैयाँमा कारोबार भएका छन् ।
यस दिन होटेल तथा पर्यटन समूह २.०७ प्रतिशतले उकालो लागेको छ । व्यापार समूहमा पनि ०.६६ प्रतिशतको बढोत्तरी भएको छ ।
आज जीवन बीमा समूह सर्वाधिक १.८३ प्रतिशतले ओरालो लागेको छ। जलविद्युत समूह १.३४ प्रतिशतले घट्दा बैंकिङ समूहमा १.०२ प्रतिशत, विकास बैंक समूहमा ०.८७ प्रतिशत, वित्त समूहमा ०.५३ प्रतिशत, लगानी समूहमा ०.७५ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहमा १.१३ प्रतिशत, लघुवित्त समूहमा १.३० प्रतिशत, म्युचुअल फन्ड समूहमा १.०७ प्रतिशत, निर्जीवन बीमा समूहमा ०.७६ प्रतिशत र अन्य समूहमा १.१४ प्रतिशतको गिरावट आएको छ ।




















प्रतिक्रिया