काठमाडौं । थ्रीस्टार हाइड्रोपावर लिमिटेडको आईपीओ आज मंगलबार (असार १९ गते) बाँडफाँट गरिएको छ ।
धितोपत्र बिक्री प्रबन्धक हिमालयन क्यापिटलको काठमाण्डौ ठमेलस्थित कार्यालय थ्रीस्टार हाइड्रोपावरको आईपीओ बाँडफाँड गरिएको हो । आईपीओ बाँडफाँड कार्यक्रम बिहान ९ः३० बजे राखिएको थियो ।
कम्पनीले गत असार ५ गतेदेखि असार ८ गते सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको थियो । कम्पनीले कर्मचारीलाई १४ हजार ७७५ कित्ता र सामूहिक लगानी कोषका लागि ३६ हजार ९३८ कित्ता सेयर छुट्याएर बाँकी ६ लाख १३ हजार १६२ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन पाउने व्यवस्था गरेएको थियो ।
यो आईपीओमा कुल १० लाख २४ हजार ४६ आवेदकबाट कुल १ करोड ९ लाख ७९ हजार ७६० कित्ता माग भएको थियो। जसमा १० लाख २१ हजार १९८ आवेदकबाट परेको १ करोड ९ लाख ४४ हजार ५६० कित्ता सेयर सदर भएको छ भने २ हजार ८४८ आवेदकबाट परेको ३५ हजार २०० कित्ता बदर भएको छ ।
मागभन्दा बढी आवेदन परेका कारण यो आईपीओ गोलाप्रथाबाट बाँडफाँड गरिएको छ । जसमा भाग्यमानी ६१ हजार ३१६ आवेदकले १० कित्ताका दरले सेयर पाएका छन् । तिनै भाग्यमानीबाट २ जनाले थप १–१ कित्ता सेयर पाएका छन् ।
कम्पनीले सर्बसाधारणहरुलाई निष्काशन गरेको आइपीओको नतिजा विभिन्न तीन वेभसाइट मार्फत हेर्न सकिने भएको छ । जसमा कम्पनीको आइपीओ बिक्रि प्रबन्धक हिमालयन क्यापिटलको वेबसाइट https://himalayancapital.com/, सिडीएससीको मेरोशेयरको वेबसाइट https://meroshare.cdsc.com.n/, सिडीएसले आईपिओको लागि संचालन गरेको वेबसाइट https://iporesult.cdsc.com.np/ बाट हेर्न सकिने छ । मेरोसेयरको वेबसाइटबाट आफुले आईपिओमा आवेदन गर्दाको एप्लिकेसन रिपोर्टमा गएर तथा अन्यको हकमा आफ्नो डिम्याट नम्बर हालेर नतिजा हेर्न सकिने छ ।




















प्रतिक्रिया