काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलबार सेयर बजारमा दोहोरो अंकको सुधार आएको छ ।
आज सेयर बजार मापक नेप्से परिसूचक १२.७३ अंकले बढेर २०८८.७० को विन्दुमा पुगेको छ । ठूला तथा बलिया कम्पनीको मापन गर्ने सेन्सेटिभ परिसूचक पनि २.२८ अंकले बढेर ३८८.६२ को विन्दुमा उक्लिएको छ । कारोबार रकम भने हिजोको तुलनामा घटेर साढे २ अर्ब रुपैयाँ बढीको भएको छ ।
आज नेप्से उपसमूहमा रहेका १३ वटै समूहमा हरियाली छाएको छ । आज नेप्सेमा सूचीकृतमध्ये २८२ कम्पनीका ६४ लाख ५० हजार ९३४ कित्ता सेयर २ अर्ब ५७ करोड ६१ लाख ४० हजार १२८.५ रुपैयाँमा किनबेच भएका छन् ।
यो दिन होटेल तथा पर्यटन समूह सर्वाधिक २.३६ प्रतिशतले उकालो लागेको छ। वित्त समूह १.९२ प्रतिशतले बढ्दा बैंकिङ समूहमा ०.०९ प्रतिशत, विकास बैंक समूहमा ०.८३ प्रतिशत, जलविद्युत समूहमा ०.१३ प्रतिशत, लगानी समूहमा १.३६ प्रतिशत, जीवन बीमा समूहमा ०.२५ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहमा ०.७३ प्रतिशत, लघुवित्त समूहमा ०.७७ प्रतिशत, म्युचुअल फन्ड समूहमा ०.१५ प्रतिशत, निर्जीवन बीमा समूहमा ०.६९ प्रतिशत, अन्य समूहमा १.६२ प्रतिशत र व्यापार समूहमा ०.६१ प्रतिशतको बढोत्तरी भएको ।




















प्रतिक्रिया