काठमाडौं । आइसिसी विश्वकप छनोटको सातौं स्थानको लागि टेस्ट टोली आयरल्यान्डसँग भिडिरहेको नेपालले २६९ रनको लक्ष्य दिएको छ ।
ताकाशिंगा स्पोर्ट्स क्लब हरारेमा टस हारेर ब्याटिङ गरेकाे नेपालले ५० ओभरमा ९ विकेटको क्षतीमा २६८ रन बनायो । जसमा गुल्शन झालेले अर्धशतकीय पारी खेल्दै ५७ रनमा अविजित रहे ।
यस्तै अर्जुन साउँदले ४८, कुशल मल्लले ४४, सन्दीप लामिछानेले ३२, कप्तान रोहित पौडेल २९, भीम सार्की २० रनको योगदान गरे ।
आठौं विकेटका सन्दीप र गुलशन झाले ८० रनको कीर्तिमानी साझेदारी पनि गरे । ओडिआईमा यो नेपालबाट आठौं नम्बरको लागि भएको उच्च साझेदारी हो ।
नेपालले आयरल्यान्डसँग ओडिआई खेल खेल्न लागेको यो पहिलो अवसर हो । आयरल्यान्ड नेपालले ओडिआई खेल्ने तेस्रो टेस्ट मान्यता प्राप्त मुलुक हो ।
नेपालले सातौं स्थानको लागि भएको दोस्रो सेमिफाइनल खेलमा आईतबार युएईलाई हराउँदै आयरल्यान्डसँग भेट पक्का गरेको थियो ।
पहिलो ओडिआई भेटमा नै आयरल्यान्डलाई पराजित गर्ने लक्ष्यमा नेपाल रहेको छ ।




















प्रतिक्रिया