काठमाडौं । काठमाडौं महानगरपालिका वडा न. ९ बत्तिसपुतलिमा रहेको हिमालयन कफी हाउस प्रालिमा काठमाडौं महानगरपालिकाले अनुगमन गरेर जरिवाना तिराएको छ ।
महानगरपालिकाको टोलीले खाद्य अनुगमन गर्दा लेवल नभएको खाध सामाग्री बिक्री बितरण गरेको भेटिएपछि २० थान बेकरी आइटम जफत गर्नुका साथै १० हजार जरिवाना पनि तिराएको छ ।
महानगरपालिकाले कफी हाउसमा २० थान बेकरी आइटम लेबल नभएको भन्दै जरिवाना तिराउनुका साथै खाद्य सामाग्री पनि जफत गरेको हो । मंगलबार महानगराको टोलीले अनुगमन गरी कारबाही गरेको हो ।
प्रतिक्रिया