काठमाडौं । आइसिसी विश्वकप क्रिकेट छनोट खेल्न जिम्बाव्वे गएको नेपाली टोली आज स्वदेश फिर्ता भएको छ ।
प्रतियोगिता खेलेर नेपाली टिम शुक्रबार स्वदेश फर्किएको हो ।
प्रतियोगितामा नेपाल समूह चरणमा जिम्वाबेसँग, वेस्ट इन्डिजसँग, नेदरल्याण्डसँग पराजित भएको थियो भने अमेरिकालाई मात्र हराएको थियो ।
विश्वकप क्रिकेट छनौटको सुपर सिक्समा पुग्न नसकेको नेपाल १० टिम सहभागी प्रतियोगितामा आठौं भएको थियो ।
नेपाल क्रिकेट संघ क्यानका कोषाध्यक्ष रोशनबहादुर सिंह लगायतका पदाधिकारीले खेलाडीलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए ।




















प्रतिक्रिया