Logo

खेलकुद

विश्वकप छनोट खेलेर नेपाली टिम स्वदेश फिर्ता



काठमाडौं । आइसिसी विश्वकप क्रिकेट छनोट खेल्न जिम्बाव्वे गएको नेपाली टोली आज स्वदेश फिर्ता भएको छ ।

प्रतियोगिता खेलेर नेपाली टिम शुक्रबार स्वदेश फर्किएको हो ।

प्रतियोगितामा नेपाल समूह चरणमा जिम्वाबेसँग, वेस्ट इन्डिजसँग, नेदरल्याण्डसँग पराजित भएको थियो भने अमेरिकालाई मात्र हराएको थियो ।

विश्वकप क्रिकेट छनौटको सुपर सिक्समा पुग्न नसकेको नेपाल १० टिम सहभागी प्रतियोगितामा आठौं  भएको थियो ।

नेपाल क्रिकेट संघ क्यानका कोषाध्यक्ष रोशनबहादुर सिंह लगायतका पदाधिकारीले खेलाडीलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए ।

प्रकाशित मिति : २२ असार २०८०, शुक्रबार १३:५०   :  बजे

54
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।