Logo

राजनीति

मानव संशाधनको विकासविना भौतिक विकास हुन सक्दैन : मुख्यमन्त्री शर्मा



कर्णाली । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माले गुणस्तरीय शिक्षा कर्णालीको आवश्यकता भएको बताएका छन् । कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयद्वारा आज सुर्खेतको बीरेन्द्रनगरमा आयोजित कर्णाली प्रदेशमा सार्वजनिक शिक्षासम्बन्धी अन्तरक्रियामा मुख्यमन्त्री शर्माले शिक्षामा गुणस्तरीयता कायम हुन नसक्दा प्रतिस्पर्धी बजारमा कर्णालीले बढी जोखिम उठाउनुपर्ने बाध्यता रहेको बताए ।

उनका अनुसार मुलुकको चौतर्फी विकासका लागि गुणस्तरीय शिक्षा र त्यसभित्र गरिखाने शिक्षा आवश्यक रहेको धारणा राखे । उनले भने, “विज्ञान र प्रविधिसँग जोडेर शैक्षिक क्षेत्रको बृहत्तर विकासका लागि आगामी वर्षमा प्रदेशका १० वटै जिल्लामा एक÷एक वटा नमूना विद्यालय निर्माण गर्ने योजना बनाइएको छ ।” मानव संशाधनको विकासविना भौतिक विकास हुन नसक्ने उनको भनाइ छ ।

पूर्वमुख्यमन्त्री जीवनबहादुर शाहीले कर्णालीको माटो सुहाउँदो शिक्षाको आधार तयार गरी लगानी गर्नुपर्नेमा जोड दिए । कर्णाली प्रदेशसभाका प्रमुख प्रतिपक्ष दलका नेता यामलाल कँडेलले शैक्षिक गुणस्तर कायम गर्न बोलीभन्दा पनि कार्यान्वयन मुख्य रहेको बताए ।

 

प्रकाशित मिति : २३ असार २०८०, शनिबार २१:५९   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।