काठमाडौं । आइतबार सेयर बजार दोहोरो अंकले उकालो लागेको छ । आज सेयर बजार मापक नेप्से परिसूचक २८.३८ अंकले बढेर २०७७.७६ को विन्दुमा पुगेको छ ।
त्यसैगरी, ठूला तथा बलिया कम्पनीको मापन गर्ने सेन्सेटिभ परिसूचक पनि ६.३५ अंकले बढेर ३८८.५१ को विन्दुमा पुगेको छ । कारोबार रकम ३ अर्ब रुपैयाँ बढीको भएको छ ।
आज नेप्से उपसमूहमा रहेका १३ वटै समूहमा हरियाली छाएको छ । आज नेप्सेमा सूचीकृतमध्ये २८७ कम्पनीका ८३ लाख ५२ हजार ५७६ कित्ता सेयर ३ अर्ब ४ करोड २५ लाख ४३ हजार ९६१ रुपैयाँमा कारोबार भएको छ ।
त्यसैगरी, होटेल तथा पर्यटन समूह सर्वाधिक ४.६३ प्रतिशतले उकालो लागेको छ । व्यापार समूह ४.०१ प्रतिशतले बढ्दा बैंकिङ समूहमा ०.६८ प्रतिशत, विकास बैंक समूहमा १.५९ प्रतिशत, वित्त समूहमा २.१० प्रतिशत, जलविद्युत समूहमा ०.१२ अंक, लगानी समूहमा २.१५ प्रतिशत, जीवन बीमा समूहमा १.८० प्रतिशत, उत्पादन तथा प्रशोधन समूहमा १.७९ प्रतिशत, लघुवित्त समूहमा १.०५ प्रतिशत, म्युचुअल फन्ड समूहमा ०.३८ प्रतिशत, निर्जीवन बीमा समूहमा २.३५ प्रतिशत र अन्य समूहमा २.७५ प्रतिशतको बढोत्तरी भएको छ ।




















प्रतिक्रिया