Logo

अर्थ

सेयर बजारमा झिनो अंकको गिरावट



काठमाडौं । सेयर बजारमा सोमबार झिनो अंकको गिरावट आएको छ।

आज सेयर बजार मापक नेप्से परिसूचक ०.८० अंकले घटेको हो । योसँगै नेप्से परिसूचक २०७६.९६ को विन्दुमा झरेको छ ।

त्यसैगरी, ठूला तथा बलिया कम्पनीको मापन गर्ने सेन्सेटिभ परिसूचक पनि ०.११ अंकले बढेर ३८८.६२ को विन्दुमा उक्लिएको छ । कारोबार हिजोको तुलनामा बढेर पौने ४ अर्ब रुपैयाँ बढीको भएको छ ।

आज नेप्से उपसमूहमा रहेका १३ वटा समूहमध्ये ७ वटामा हरियाली छाएको छ भने ६ वटामा रातो पोतिएको छ । नेप्सेमा सूचीकृतमध्ये २९३ कम्पनीका १ करोड ११ लाख ८२ हजार ३३५ कित्ता सेयर ३ अर्ब ७९ करोड ७९ लाख ८६ हजार ५८३ रुपैयाँमा किनबेच भएका छन् ।

त्यसैगरी, वित्त समूह सर्वाधिक २.११ प्रतिशतले उकालो लागेको छ। लघुवित्त समूहमा १.१२ प्रतिशतले बढ्दा लगानी समूहमा ०.०६ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहमा ०.९७ प्रतिशत, म्युचुअल फन्ड समूहमा ०.२९ प्रतिशत, अन्य समूहमा ०.२२ प्रतिशत र व्यापार समूहमा ०.०१ प्रतिशतको बढोत्तरी भएको छ ।

आज होटेल तथा पर्यटन समूह सर्वाधिक १.७२ प्रतिशतले ओरालो लागेको छ । जलविद्युत समूह १.३१ प्रतिशतले घट्दा बैंकिङ समूहमा ०.०२ प्रतिशत, विकास बैंक समूहमा ०.०७ प्रतिशत, जीवन बीमा समूहमा ०.०८ प्रतिशत र निर्जीवन बीमा समूहमा ०.१८ प्रतिशतको गिरावट आएको छ ।

प्रकाशित मिति : २५ असार २०८०, सोमबार १६:१७   :  बजे

24
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।