काठमाडौं । कामना सेवा विकास बैंक र काठमाण्डौको ज्ञानेश्वरस्थित दि मोक्ष मुस्ताङ थकाली रेस्टुरेन्ट एन्ड बारबीच आज छुट सम्झौता भएको छ ।
सम्झौताअन्तर्गत कामना सेवा विकास बैंकसँग आबद्ध सबैले दि मोक्ष मुस्ताङ थाली रेस्टुरेन्टले प्रदान गर्ने सेवा–सुविधामा १० प्रतिशतसम्मको आकर्षक छुट प्राप्त गर्न सक्नेछन् ।
बैंकसँग आबद्धताको प्रमाणका आधारमा यो सुविधा सहजै प्राप्त गर्न सकिनेछ । यस सम्झौताबाट बैंकसँग आबद्ध सबैले विशेष लाभ लिने बैंकले विश्वास लिएको छ ।




















प्रतिक्रिया