Logo

अर्थ

कृषिमा आत्मनिर्भरताका लागि धनुषामा एकदिवसीय ‘कृषि संवाद’



जनकपुरधाम । कृषिमा आत्मनिर्भरताका लागि कृषि संवाद कार्यक्रम सम्पन्न भएको छ। संवाद फाउन्डेसनको आयोजनामा धनुषाको लक्ष्मिनियाँ गाँउपालिकास्थित राष्ट्रिय धान बाली अनुसन्धान केन्द्र हर्दिनाथ बनिनियामा सोमबार कार्यक्रमको आयोजना गरियाे थियाे ।

कृषि पेसामा आबद्ध भएकाहरुलाई कृषिमा आत्मनिर्भर बनाउन र कृषि पढ्ने विधार्थीहरुलाई भावी पुस्तामा आइपर्ने चु‌नौती र समस्याको सामाधानका उपायहरुबारे जनचेतनामूलक कार्यक्रमका निम्ति कृषि अध्ययनरत विद्यार्थीहरुलाई कृषि पेसा प्रति आकर्षित गराउनका लागि कृषि संवाद कार्यक्रम राखिएको संवाद फाउण्डेशनका केन्द्रीय अध्यक्ष कुमार भास्करले बताए ।

कार्यक्रममा किसानहरु, कृषि अध्ययनरत विद्यार्थी र कृषिसँग सम्बन्धित भएर काम गर्ने सरकारी कर्मचारीहरु र कृषिलाई माया गर्ने मानिसहरूको उपस्थिति रहेको थियो। त्यस्तै कार्यक्रममा अतिथिको आमन्त्रण स्विकार गर्दै मधेस प्रदेश सरकारका राज्यमन्त्री संजय कुमार यादव, प्रमुख जिल्ला अधिकारी (सिडिओ) धनुषाका काशिराज दाहाल, कृषि वैज्ञानिक डा.रामवरण यादव, कृषि वैज्ञानिक शुसिलराज सुवेदी र वरिष्ठ पत्रकार अजय झाको उपस्थिति रहेको थियो। कृषि संवाद कार्यक्रम प्रस्तुताको रुपमा अप्पन टिभिका पत्रकार अमित ठाकुर रहेको थियो।

कृषि पेसामा आबद्ध हुन चाहनेहरुले अब कृषिलाई आधुनिकीकरण र प्राविधिक कृषि तर्फ जोड दिनुपर्ने आवश्यक रहेको कुरा एकदिवसीय कृषि संवाद कार्यक्रमकको उदघाटन सत्रमा कृषि वैज्ञानिक डा.रामवरण यादवले बताए । तराई-मधेसमा कृषि गर्न योग्य हावापानी भएर प्राकृतिक हिसाबले पनि हामीलाई फाइदाजनक रहेको छ । यदि हामी कृषिमा समृद्ध भएनौ भने हाम्रो आर्थिक अवस्थामा ठेस पुग्न जाने कुरा निश्चित रहेकोले कृषि पेसामा नयाँ युवाहरुलाई यस प्रति सचेत गराउन आवश्यक रहेको कुरा जिकिर गरे । किसानहरुलाई नयाँ प्रविधि बारे जानकारी गराइ श्रम र समयको बचत गर्दै जाँदा फाइदाजनक हुने कुरा निश्चित रहेकोले यस तर्फ केन्द्रित हुन आवश्यक पहल चाल्न सरकार सँग अनुरोध गरेका थिए ।

जसरी मानवको आवश्यकता बढ्दै गयो, त्यसरी नै मानवलाई मानव सरह बाच्नका लागि र आफ्नो जिवनलाई आरामदायी बनाउनका निम्ति संचार सहित प्राविधिक उपकरणहरुको विकास भएको हुनाले कृषिमा आबद्ध भएकाहरुलाई प्राविधिक कृषि तर्फ जोड दिदै सञ्चारको माध्यमबाट विभिन्न किसिमका जनचेतनामूलक कार्यक्रमहरु, तालिम,जनशक्ति उत्पादन गर्ने सिपको बिकाश गर्नमा जोड दिनुपर्ने आवश्यक रहेको कुरा डा. शुसिलराज सुवेदीले बताए ।

‘किसानहरुका लागि रेडियो नेपालमा किसानहरुको समस्याको सामाधान र आधुनिकीकरण कृषि गर्ने जस्ता जनचेतनामूलक कार्यक्रमहरु सञ्चालनमा रहेकोले यसमा किसानहरूलाई जुड्नु पर्ने हुन्छ। किसानहरुले कुनै पनि समस्या र खेतीपाती गर्न आवश्यक प्रोटोकल लागि निःशुल्क रुपमा सरसल्लाह लिनलाई ११३५ डायल गरी परामर्श लिन सक्ने व्यवस्था मिलाएको छ। एकै प्राविधिकले धेरै गाँउलाई समेटेर काम गर्ने भएकोले एक गाँउ एक प्राविधिक को आवश्यकता रहेको छ। हामी कहाँ ४५ हेक्टर जमिनमा तरकारी खेती भइरहेको छ। हामी कहाँ अहिले ३० प्रतिशत सिचाइ व्यवस्था रहेको छ। कृषि अध्ययनरत विद्यार्थीहरुले कृषि विषयको पढाई सँगै व्यावहारिक ज्ञाम तर्फ जोड दिने पर्ने आवश्यक रहेको र विधार्थीहरुले यस तर्फ जोड दिए मात्र कृषि पेसामा जनशक्तिको वृद्धि हुन जान्छ। नेपालको कुल क्षेत्रफलको ६० प्रतिशत भुभाग मधेसको कृषिले ओगटेको छ। तराई मधेस मा प्रशस्त मात्रामा खेतीपाती भईरहेकोले तराई मधेस मुलका मानिसहरू लाई कहिले पनि समस्या नहुने अवस्था रहेको छ। यहाँ अनुकूल वातावरणले हामीलाई साथ दिइरहेकोले, हामीले पनि वातावरणलाई स्वच्छ र सफा राख्नमा एकमत हुन आवश्यक छ’, उनले भने ।

किसानले उत्पादन गरेको खाधान्न मा बिचौलियाहरुले मिसावट गरी ब्रम्हलुट मचाएको र खाधान्नको‌ म्याद र चेकजाँच गरी मात्र उपभोग गर्न धनुषाका सिडिओ काशीराज दाहालले आग्रह गरे । उनले किसा‌नहरुका समस्या बारे निति निर्माण गर्ने बेलामा हामी आवश्यकता अनुसारको पहल गर्दै आएको कुरा गरे । कृषि का सन्दर्भमा संघ ,प्रदेश र स्थानीय सरकार को अधिकार क्षेत्र भित्र पर्ने सबै काम गरे मात्र कृषि को विकास हुन्छ । किसानको खेत-खेतमा सिचाइ र हरेक गाँउमा जेटिए राख्न सक्यौ भने कृषिमा आत्मनिर्भर बन्न सक्ने सम्भावना अधिक रहेको बताए ।

संघ,प्रदेश र स्थानीय सरकारले कृषिलाई मुख्य पेसाको रुपमा आत्मसात गरेको र कृषि क्षेत्रमा सबैभन्दा बढी लागनी पनि रहेको छ तथापि जसरी कृषि को बिकास हुनेपर्ने हो त्यसमा तिनै तहको सरकार चुकेको कुरा वरिष्ठ पत्रकार अजय झाले जिकिर गरे । नेपाली सञ्चारकर्मी कृषिलाई प्राथमिकता मा राखेर किसानहरूको समस्या उठान गर्दै मार्ग पनि देखाउदै आएको छ।पत्रकारले तिनै तहका कामलाई मुल्यांकन गरेर राम्रो काम गर्नेलाई प्रोत्साहन र नराम्रो काम गर्नेको विरुद्ध मा सामाचार सम्प्रेषणमा मिडिया अलिकति पनि नचुकेको कुरा राखेका थिए ।

प्रकाशित मिति : २७ असार २०८०, बुधबार १५:३३   :  बजे

27
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।