Logo

अर्थ

ग्लोबल आइएमई बैंकको नयाँ शाखा काठमाण्डौको स्वयम्भू र ललितपुरको बालकुमारीमा सञ्चालनमा



काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले काठमाण्डौको स्वयम्भू र ललितपुरको बालकुमारीमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।

यी नयाँ शाखाहरुबाट बुधबारदेखि नै सम्पूर्ण बैंकिङ सेवाहरु उपलब्ध भएको बैंकले जनाएको छ । ग्लोबल आइएमई बैंक मुलुकका ७७ जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो ।

बैंकले ३५९ शाखा कार्यालय, ३६२ एटीएम, ३२२ शाखारहित बैंकिङ सेवा, ६४ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी १ हजार १०० भन्दा बढी सेवा केन्द्रबाट ४० लाखभन्दा बढी ग्राहकमाझ सेवा प्रदान गरिरहेको छ ।

प्रकाशित मिति : असार २८, २०८० बिहीबार  १० : ५० बजे

33
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।