Logo

अर्थ

आठ सयले बढ्याे सुनकाे मूल्य, कतिमा हुँदैछ काराेबार ?



काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य उकालो लागेको छ ।

आज सुनको मूल्य तोलामा ८०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । योसँगै प्रतितोला छापावाला सुन १ लाख १२ हजार ४०० रुपैयाँ र तेजाबी सुन १ लाख ११ हजार ८५० रुपैयाँ कायम भएको छ ।

हिजो सुनको मूल्य तोलामा ३०० रुपैयाँले बढेको थियो । यो दिन प्रतितोला छापावाला सुन १ लाख ११ हजार ६०० रुपैयाँ र तेजाबी सुन १ लाख ११ हजार ५० रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य तोलामा ४० रुपैयाँले बढेर १ हजार ४४० रुपैयाँ कायम भएको छ । हिजो तोलामा ५ रुपैयाँले बढेर चाँदी १ हजार ४०० रुपैयाँ किनबेच भएको थियो ।

प्रकाशित मिति : २८ असार २०८०, बिहीबार ११:०२   :  बजे

186
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।