काठमाडौं । नेपालले पहिलो मैत्रीपूर्ण खेलमा बंगलादेशसँग बराबरी खेलेको छ । सावित्रा भण्डारीको इन्जुरी समयको गोलले नेपाललाई हार टार्न सफल भएको हो ।
बंगलादेशमा बिहीबार भएको पहिलो मैत्रीपूर्ण खेलमा नेपालले बंगलादेशसँग १–१ गोलको बराबरी खेलेको हो । खेलको ६५औं मिनेटमा सबिना खातुनको गोलमा बंगलादेशले अग्रता लिएको थियो ।
हारतर्फ उन्मुख नेपाललाई सावित्रा भण्डारीले अन्तिम समयमा आएर बचाइन् । उनले इन्जुरी समयमा गोल गर्दै नेपाललाई बराबरीको नतिजा दिलाएकी हुन् । नेपालले दोस्रो मैत्रीपूर्ण खेलमा आइतबार खेल्नेछ ।




















प्रतिक्रिया