काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले महिला र पुरुषको पुरस्कार राशी बराबर हुने घोषणा गरेको छ ।
दक्षिण अफ्रिकाको डर्नमाभ एको वार्षिक सम्मेलनमा आईसीसीले आफ्ना सबै महिला र पुरुष टोलीको पुरस्कार रकम समान बनाउने ऐतिहासिक घोषणा गरेको हो ।
यस निर्णयसँगैअब महिला र पुरुषको उस्तै किसिमको प्रतियोगिता विजेता लगायतले पाउने पुरस्कार रकम पनि बराबर हुनेछ।
आईसीसी अध्यक्ष ग्रेग बार्कलेले यो महत्वपूर्ण क्षण भएको बताएका छन्।
पुरस्कार राशी समान बनाउने प्रयास स्वरुप २०१७ देखि महिला प्रतियोगितामा पुरस्कार बढाउँदै आएको उनले बताए । अब आईसीसी महिला विश्वकप, महिला टी-२० विश्वकप र यू-१९ महिला विश्वकपको विजेताले पुरुषकै समान पुरस्कार पाउने उनले बताए ।
समान पुरस्कार राशीमा पुग्ने स्पष्ट लक्ष्यका साथ सन् २०१७ देखि महिला प्रतियोगिताहरूको पुरस्कार राशी बढाउदै आइएकाे थियाे। अबदेखि टी-२० विश्वकप र यू-१९ विश्वकपमा पनि उस्तै पुरस्कार राशी हुने जनाइएकाे छ।




















प्रतिक्रिया