Logo

खेलकुद

पाकिस्तानविरुद्ध नेपालको खराब सुरुवात, छैटौं विकेट गुमायाे



काठमाडौं । एसीसी इमर्जिङ एशियाकपमा पाकिस्तानविरुद्ध नेपालले खराब सुरुवात गरेको छ । नेपालले १०औं ओभरको सुरुवाती बलमा छैटौं विकेट गुमाएको हो ।

नेपालले छैटौं विकेटको रुपमा पवन सराफलाई ब्यक्तिगत एक रनमा गुमाएको हो । नेपालले १०.१ ओभरमा ३९ रन बनाएको छ । पवनलाई शान्हावाज दहानीले आउट गरेका हुन् ।

यसअघि नेपालले पहिलो विकेटको रुपमा ओपनर कुशल भुर्तेललाई दोस्रो ओभरको पाँचौ बलमा १४ रनको अवस्थामा गुमाएको थियो ।

त्यस्तै दोस्रो विकेटको रुपमा मोहम्मद आशिफ शेखलाई ब्यक्तिगत १२ रनमा चौथो ओभरको अन्तिम बलमा शान्हावज दलानीले नै तायब ताहिरको हातबाट क्याच आउट गराएका हुन् ।

नेपालले तेस्रो विकेट पाँचौ ओभरको पाँचौं बलमा गुमाएको हो । तेस्रो विकेटको रुपमा नेपालले कप्तान रोहित कुमार पौडेललाई चार रनमा गुमाएको हो ।

नेपालले चौथो विकेटका रुपमा सातौं ओभरको अन्तिम बलमा भिम सार्कीले खाता नखोल्दै गुमाएको हो । त्यसपछि पाँचौ विकेट ७.४ ओभरमा अर्जुन साउदलाई स्कोर ३७ रन हुँदा १७ रनमा गुमाएको हो ।

प्रकाशित मिति : २९ असार २०८०, शुक्रबार ११:२४   :  बजे

177
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।