Logo

अर्थ

निर्माण व्यवसायीले मागे अर्थमन्त्रीको राजीनामा



काठमाडौं । नेपाल निर्माण व्यवसायीहरुले अर्थमन्त्री डा. प्रकाशशरण महतको राजीनामा माग गरेका छन् । शुक्रवार माइतिघरमा प्रदर्शन गर्दै व्यवसायीहरुले निर्माण व्यवसायीको भुक्तानी अर्थमन्त्रालयले अड्काएको आरोप लगाउँदै अर्थमन्त्री महतको राजीनामा माग गर्दै धर्ना दिएका हुन् । साथै उनीहरुले निर्माण कार्यको म्याद थप गर्न समेत माग गरेका हुन् ।

निर्माण व्यवसायीहरुले गरेको कामको भुक्तानी अर्थमन्त्रीले नदिएको भन्दै अर्थमन्त्रीकाे राजीनामा माग गरेको बताए । सरकारले काम सम्पन्न भएका आयोजनाको ५० अर्ब भुक्तानी नगरेको निर्माण व्यवसायीको भनाइ छ ।

अर्थमन्त्री, अर्थसचिव र विकासे मन्त्रालयका मन्त्रीहरुले निर्माण व्यवसायीहरुलाई भुक्तानी गर्ने प्रतिवद्धता जनाए पनि असार मसान्तसम्म भुक्तानी नपाएपछि बाध्य भएर आन्दोलन गर्नुपरेको नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले बताए ।

 

प्रकाशित मिति : २९ असार २०८०, शुक्रबार १२:४२   :  बजे

354
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।