Logo

खेलकुद

सोमपालको अर्धशतकमा नेपालले दियाे पाकिस्तानलाई १८० रनको लक्ष्य



काठमाडौं । एसीसी मेन्स इर्मजिङ एशिया कपमा नेपालले पाकिस्तान ए लाई १८० रनको लक्ष्य दिएकाे छ ।

कोलम्बो क्रिकेट क्लबको मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको नेपाल ३७ ओभरमा अलआउट हुँदै १ सय ७९ रन मात्र बनायो ।

नेपालका लागि सोमपाल कामीले १ सय १ बलमा ९ चौका र २ छक्काको सहयोगमा ७५ रनको अर्धशतकीय ईनिङ खेले । नवौं विकेटका लागि सोमपालले प्रतिश जि.सीसँग मिलेर ७० बलमा ५८ रन बनाए ।

टस जितेर पहिला ब्याटिङ गरेको नेपालले १० ओभरका ३९ रनमा ६ विकेट गुमाएको थियो ।

त्यस्तै प्रतिश जिसीले २६ रन, अर्जुन साउद र कुशल मल्लले समान १७ रनको योगदान गरे । त्यस्तै गुल्शल झा १३ रन तथा आशिफ शेख १२ रनमा फर्किए ।

कुशल भुर्तेल र पवन सर्राफले समान एक रन, कप्तान रोहित पौडेलले चार रनको योगदान गर्दा ललित नारायण राजवंशी एक रनमा अविजित रहे । बिहीबारदेखि सुरु भएको एसीसी इमर्जिङ नेसन्स टिम्स कप क्रिकेट आगामी जुलाई २३ सम्म हुनेछ ।

प्रकाशित मिति : २९ असार २०८०, शुक्रबार १३:२५   :  बजे

759
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।