काठमाडौं । एसीसी मेन्स इर्मजिङ एशिया कपमा नेपालले पाकिस्तान ए लाई १८० रनको लक्ष्य दिएकाे छ ।
कोलम्बो क्रिकेट क्लबको मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको नेपाल ३७ ओभरमा अलआउट हुँदै १ सय ७९ रन मात्र बनायो ।
नेपालका लागि सोमपाल कामीले १ सय १ बलमा ९ चौका र २ छक्काको सहयोगमा ७५ रनको अर्धशतकीय ईनिङ खेले । नवौं विकेटका लागि सोमपालले प्रतिश जि.सीसँग मिलेर ७० बलमा ५८ रन बनाए ।
टस जितेर पहिला ब्याटिङ गरेको नेपालले १० ओभरका ३९ रनमा ६ विकेट गुमाएको थियो ।
त्यस्तै प्रतिश जिसीले २६ रन, अर्जुन साउद र कुशल मल्लले समान १७ रनको योगदान गरे । त्यस्तै गुल्शल झा १३ रन तथा आशिफ शेख १२ रनमा फर्किए ।
कुशल भुर्तेल र पवन सर्राफले समान एक रन, कप्तान रोहित पौडेलले चार रनको योगदान गर्दा ललित नारायण राजवंशी एक रनमा अविजित रहे । बिहीबारदेखि सुरु भएको एसीसी इमर्जिङ नेसन्स टिम्स कप क्रिकेट आगामी जुलाई २३ सम्म हुनेछ ।




















प्रतिक्रिया