Logo

अर्थ

राष्ट्रियसभाबाट राष्ट्र ऋण उठाउने विधेयक पारित



काठमाडौं । राष्ट्रियसभाले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त राष्ट्र ऋण उठाउने विधेयक २०८० पारित गरेको छ ।

शुक्रबार बसेको राष्ट्रिय सभाको बैठकले अर्थमन्त्री डा प्रकाशशरण महतले राखेको राष्ट्र ऋण उठाउने विधेयक २०८० लाई पारित गरियोस् भन्ने प्रस्तावलाई बहुमतले पारित गरेको हो ।

पारित गर्नुअघि सो विधेयकमाथि दफावार छलफल भएको थियो । पारितसँगै सो विधेयकलाई प्रतिनिधिसभामा फिर्ता पठाइएको छ ।

प्रकाशित मिति : २९ असार २०८०, शुक्रबार १४:०७   :  बजे

183
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।