काठमाडौं । आइतबार सेयर बजार दोहोरो अंकले उकालो लागेको छ । आज सेयर बजार मापक नेप्से परिसूचक १२.१६ अंकले बढेर २०९७.०९ को विन्दुमा उक्लिएको छ ।
त्यसैगरी, ठूला तथा बलिया कम्पनीको मापन गर्ने सेन्सेटिभ परिसूचक पनि २.९० अंकले बढेर ३९४.१५ को विन्दुमा पुगेको छ । कारोबार रकम भने २ अर्ब ३७ करोड रुपैयाँबराबरको भएको छ ।
आज नेप्से उपसमूहमा रहेका १३ वटा समूहमध्ये ८ वटामा हरियाली छाएको छ भने ५ वटामा रातो पोतिएको छ । आज नेप्सेमा सूचीकृतमध्ये २८६ कम्पनीका ७१ लाख ८४ हजार २५४ कित्ता सेयर २ अर्ब ३७ करोड ६४ लाख २७ हजार ५७४ रुपैयाँमा कारोबार भएका छन् ।
त्यसैगरी, म्युचुअल फन्ड समूह सर्वाधिक २.०६ प्रतिशतले उकालो लागेको छ । बैंकिङ समूह १.३३ प्रतिशतले बढ्दा विकास बैंक समूह ०.५४ प्रतिशत, लगानी समूहमा ०.६३ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहमा ०.४४ प्रतिशत, लघुवित्त समूहमा ०.९७ प्रतिशत, निर्जीवन बीमा समूहमा ०.९६ प्रतिशत र अन्य समूहमा ०.४२ प्रतिशतको बढोत्तरी भएको छ ।
आज जलविद्युत समूह सर्वाधिक ०.७३ प्रतिशतले ओरालो लागेको छ । होटेल तथा पर्यटन समूह ०.२२ प्रतिशतले घट्दा वित्त समूहमा ०.१४ प्रतिशत, जीवन बीमा समूहमा ०.०६ प्रतिशत र व्यापार समूहमा ०.१७ प्रतिशतको गिरावट आएको छ ।
आज शिवम सिमेन्टको सर्वाधिक १९ करोड १३ लाख रुपैयाँ बढीको कारोबार भएको छ ।




















प्रतिक्रिया