Logo

अर्थ

घोराही सिमेन्टको आईपीओ बाँडफाँट, सबै आवेदकले पाए सेयर



काठमाडौं ।  घोराही सिमेन्ट इन्डस्ट्रीको आईपीओ आज असार ३१ गते बाँडफाँट सम्पन्न भएको छ ।

बिक्रि प्रबन्धक हिमालयन क्यापिटल र नबिल इन्भेष्टमेन्टले नक्सालस्थित नबिल इन्भेष्टमेन्टको कार्यालयमा सेयर बाँडफाँट गरेको क्यापिटलले जनाएको छ । आईपीओ बाँडफाँट कार्यक्रम दिउँसो ३ बजे नबिल इन्भेस्टमेन्ट बैंकिङको कार्यालयमा राखिएको थियो ।

कम्पनीले कुल ६९ लाख ११ हजार ६७० कित्ता आईपीओ बिक्री खुला गरेको थियो । यसमा स्थानीय, विदेशमा रहेका नेपाली श्रमिक, सामूहिक लगानी कोष र कर्मचारीलाई छुट्याएर बाँडफाँड गरेपछि बाँकी रहेको ८ लाख ७४ हजार ३८२ कित्तासमेत थपिएको थियो ।

आईपीओमा प्रतिकित्ता ४३५ रुपैयाँ दरका आवेदन दिनुपर्ने व्यवस्था गरिएको थियो । जसमा कम्पनीले अंकित मूल्य १०० रुपैयाँमा ३३५ रुपैयाँ प्रिमियम मूल्य थपेको थियो ।

निष्कासनको अन्तिम दिन साँझ ५ बजेसम्म यो आईपीओमा ६ लाख ७३ हजार ८३९ आवेदकबाट कुल २ करोड ५४ लाख २० हजार ३२० कित्ता सेयर माग भएको छ । जुन मागभन्दा ३.६८ गुणाले बढी हो । तर, आवेदकको संख्या कम रहेको थियो ।

आईपीओमा आवेदन दिने सबैले सेयर पाएका छन् । क्यापिटलका अनुसार १० कित्तादेखि ७० कित्तासम्म सेयर माग गरेका ५ लाख ५३ हजार ४४ जनालाई मागबमोजम सेयर बाँडफाँड गरिएको छ । जसअनुसार उनीहरुलाई कुल ६५ लाख ७८ हजार ७७० कित्ता बाँडफाँड गरिएको छ ।

यसैगरी ८० कित्तादेखि ३० हजार कित्तासम्म सेयर माग गर्ने ४ हजार ६५७ आवेदकलाई ७० कित्ताका दरले सेयर बाँडफाँड गरिएको छ । उनीहरुले कुल ३ लाख २५ हजार ९९० कित्ता बाँडफाँड गरिएको क्यापिटलले जनाएको छ ।

क्यापिटलका अनुसार ८० कित्तादेखि ३ हजार कित्तासम्म सेयर माग गर्ने तिनै आवेदनकमध्ये ६९१ जनालाई भने थप १० कित्ताका दरले ६ हजार ९१० कित्ता बाँडफाँड गरिएको छ ।

कम्पनीको आइपीओ नतिजा बिक्रि प्रबन्धक हिमालयन क्यापिटलको वेबसाइट https://himalayancapital.com/ , बिक्री प्रबन्धक नबिल इनभेष्टमेन्टको वेबसाइट https://nabilinvest.com.np/, सिडीएससीको मेरो शेयरको वेबसाइट https://meroshare.cdsc.com.np/#/login, र सिडीएसले आईपिओको लागि संचालन गरेको वेबसाइट https://iporesult.cdsc.com.np/ बाट नतिजा हेर्न सकिने छ ।

प्रकाशित मिति : ३१ असार २०८०, आईतवार १६:४७   :  बजे

93
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।