काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सहकारीकर्मीका माग पूरा गर्न आग्रह गरेका छन् । उनले प्रतिनिधिसभाको आइतबारको बैठकमा आकस्मिक समयमा केही सहकारीको कमजोरीले अन्य सहकारी पनि आलोचित हुनुपरेको भन्दै सरकारको ध्यानाकर्षण गराए ।
‘सहकारीकर्मीहरू आन्दोलनमा छन् । केही सहकारीको कमजोरीका कारण देशका सयौं सहकारी आलोचित भएका छन्’, सांसद् समेत रहेका उनले भने, ‘सरकारले यसलाई नियमन गर्ने शक्तिशाली संस्थाको परिकल्पना गर्नुपर्ने हो ।’
उनले आन्दोलनमा रहेका सहकारीकर्मीसँग संवाद गरेर माग पूरा गर्न आग्रह गरेका छन् । उनले आन्दोलनमा हस्तक्षेप गर्न नहुने पनि बताए ।




















प्रतिक्रिया