Logo

राजनीति

कांग्रेसको सूचना, सञ्चार तथा प्रचार विभागमा तीन सदस्य थप



काठमाडाैं । नेपाली कांग्रेसले पार्टीको सूचना, सञ्चार तथा प्रचार विभागमा तीन सदस्यलाई थप गरेको छ । पार्टीका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीको विधान २०१७ (संशोधन सहित) को धारा २५ (९) बमोजिम पार्टीका केन्द्रीय सदस्य मीनबहादुर विश्वकर्मा प्रमुख रहनुभएको सो विभागमा तीन सदस्य थप गरेका हुन् ।

थप हुने सदस्यमा सन्तोष न्यौपाने (लमजुङ), अशोक शर्मा (कञ्चनपुर) र सुमन गौतम (रौतहट) रहनुभएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

प्रकाशित मिति : ३१ असार २०८०, आईतवार २१:४६   :  बजे

51
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।