Logo

खेलकुद

भारत ए विरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल



काठमाडौं । नेपालले एसीसी इमर्जिङ टिम्स एसिया कपमा भारत ए विरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ ।  श्रीलंकाकाे डे नाइट खेल कोलोम्बोस्थित आर प्रेमदासा स्टेडियममा सुरु हुँदै छ ।

समूह बी मा रहेको नेपाल पहिलो खेलमा कमजोर ब्याटिङ गर्दा पाकिस्तान ए सँग ४ विकेटले पराजित भएको थियो ।

भारत ए ले पहिलो खेलमा यूएई एलाई हराएर उत्कृष्ट सुरुवात गरेको थियो ।

रोहित पौडेलको कप्तानीमा रहेको नेपालको सिनियर टोलीले नै इमर्जिङ कप खेले पनि एसिया कपअघि यसलाई तयारीको रुपमा हेरेको छ ।

प्रकाशित मिति : १ श्रावण २०८०, सोमबार १४:१०   :  बजे

84
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।