काठमाडाैं । संघीय संसद सचिवालयले दुवै सदनका सदस्यहरुलाई अनुरोध गरेको छ । एक सूचना प्रकाशित गरी सचिवालयले आगामी भदौ २८ गतेभित्र सम्पत्ति विवरण बुझाउन भनेको हो ।
राष्ट्रियसभाका उपाध्यक्ष उर्मिला अर्यालले भने सचिवालयमा सम्पत्ति विवरण बुझाइसकेकी छन् । उनले सोमबार सचिवालयको सांसद् सुविधा व्यवस्थापन शाखामा आर्थिक वर्ष २०७९/८० को सम्पत्ति विवरण बुझाएकी हुन् ।
उनले बुझाएको सम्पत्ति विवरणको दर्ता नं. १ रहेको छ । सम्पत्ति विवरण बुझाउनुका साथै उनले आफ्नो सम्पत्ति सार्वजनिक पनि गरेकी छन् ।
भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ५० को उपदफा (१) तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा ३१ क को उपदफा (१) को प्रयोजनको लागि सार्वजनिक पदमा रहेका हरेक व्यक्तिले हरेक आर्थिक वर्षको व्यक्तिगत सम्पत्ति विवरण बुझाउनु पर्ने प्रावधान छ ।




















प्रतिक्रिया