Logo

खेलकुद

पौडीको विश्व च्याम्पियनसिपमा गौरीका सिंहसहित चार नेपाली खेलाडीले प्रतिस्पर्धा गर्ने



काठमाडौं । जापानको फुकुओका सहरमा आयोजना हुने वर्ल्ड एक्वाटिक च्याम्पियनसिप २०२३ मा नेपालका चार खेलाडी सहभागी हुँदैछन्। ओलम्पिकको छनौट प्रतियोगिता समेत रहेको च्याम्पियनसिपमा नेपालका गौरिका सिंहसहित एलेक्जेन्डर गादेगाद शाह, डुवाना लामा र नासिर याह्या हुसेनले प्रतिस्पर्धा गर्ने नेपाल ओलम्पिक संघले जानकारी दिएको छ।

नेपाल पौडी संघका अध्यक्ष अशोक बज्राचार्यको नेतृत्वमा जापान जाने टोलीको टिम प्रशिक्षकमा ओलम्पियन नयना शाक्य, टिम ब्यवस्थापकमा नरेश वैद्य र अफिसियलमा संजय शाह रहेका छन् ।

त्यस्तै, अध्यक्ष अशोक बज्राचार्यले श्रावण ७ देखि १३ गतेसम्म आयोजना हुने च्याम्पियनसिपका दौरान हुने वर्ल्८ एक्वाटिक कंग्रेशमा सहभागिता जनाउने छन्। यस्तै उक्त च्याम्पियनसिपमा २३ तारिख नासिरले ४०० मिटर फ्रिस्टायलमा प्रतिस्पर्धा गर्ने छन् भने २४ मा गौरिकाले १०० मिटर ब्याकस्ट्रोक र नासिरले २०० मिटर फ्रिस्टायलमा प्रतिस्पर्धा गर्ने छन्।

२५ तारिख डुवानाले २०० मिटर फ्रिस्टायलमा प्रतिस्पर्धा गर्ने छिन्। २६ तारिख गौरिकाले ५० मिटर ब्याक स्ट्रोक र एलेक्जेन्डरले १०० मिटर फ्रिस्टायलमा प्रतिस्पर्धा गर्ने छन्। २७ तारिख डुवानाले १०० मिटर फ्रिस्टायलमा र २८ तारिख एलेक्जेन्डरले ५० मिटर फ्रिस्टायलमा प्रतिस्पर्धा गर्ने छन्।

प्रकाशित मिति : २ श्रावण २०८०, मंगलवार १९:२८   :  बजे

177
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।