Logo

खेलकुद

एसीसी इमर्जिङ कप : नेपाल र युएईबीच प्रतिस्पर्धा हुँदै



काठमाडौं । एसीसी इमर्जिङ टिम्स एसिया कपको आफ्नो अन्तिम खेलमा आज नेपाल र संयुक्त अरब इमिरेटसबीच प्रतिस्पर्धा हुँदैछ।

आज हुने खेल पिसारा ओभल खेल मैदान, कोलोम्बोमा हुनेछ। सो खेल नेपाली समय अनुसार बिहान १०ः १५ बजेबाट सुरु हुनेछ ।

समूह बी मा रहेकाे नेपाल र युएई ए दुबै समूह चरणबाट बाहिरी सकेका छन् ।

नेपाल आफ्नो पहिलो खेलमा पाकिस्तान ए सँग ४ विकेट तथा दोस्रो खेलमा भारत ए सँग ९ विकेटले पराजित हुनु परेको नमिठो पिडासहित मैदानमा उत्रन लागेको हो । युएई पनि भारत र पाकिस्तानसँग पराजित भएर नेपालसँग प्रतिस्पर्धा गर्न लागेकाे छ । युएइ भारतसँग ८ र पाकिस्तानसँग १ सय ८४ रनले पराजित भएर नेपालसँग आज प्रतिस्पर्धामा उत्रन लागेको हो ।

प्रकाशित मिति : ३ श्रावण २०८०, बुधबार ०८:५२   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।