काठमाडौं । एसीसी इमर्जिङ टिम्स एसिया कपको आफ्नो अन्तिम खेलमा आज नेपाल र संयुक्त अरब इमिरेटसबीच प्रतिस्पर्धा हुँदैछ।
आज हुने खेल पिसारा ओभल खेल मैदान, कोलोम्बोमा हुनेछ। सो खेल नेपाली समय अनुसार बिहान १०ः १५ बजेबाट सुरु हुनेछ ।
समूह बी मा रहेकाे नेपाल र युएई ए दुबै समूह चरणबाट बाहिरी सकेका छन् ।
नेपाल आफ्नो पहिलो खेलमा पाकिस्तान ए सँग ४ विकेट तथा दोस्रो खेलमा भारत ए सँग ९ विकेटले पराजित हुनु परेको नमिठो पिडासहित मैदानमा उत्रन लागेको हो । युएई पनि भारत र पाकिस्तानसँग पराजित भएर नेपालसँग प्रतिस्पर्धा गर्न लागेकाे छ । युएइ भारतसँग ८ र पाकिस्तानसँग १ सय ८४ रनले पराजित भएर नेपालसँग आज प्रतिस्पर्धामा उत्रन लागेको हो ।




















प्रतिक्रिया