काठमाडौं । श्रीलंका जारी एसीसी इमर्जिङ टिम्स एसिया कप क्रिकेटमा नेपालले यूएई ए विरुद्ध पहिला बलिङ गर्दैछ ।
कोलोम्बोमा यूएईले टस जितेर ब्याटिङ रोजेपछि नेपालले बलिङ गर्न लागेको हो ।
समूह बी मा रहेका नेपाल र युएई ए दुबै समूह चरणबाट बाहिरी सकेका छन् । नेपाल पहिलो खेलमा पाकिस्तान ए सँग ४ विकेट र दोस्रो खेलमा भारत ए सँग ९ विकेटले पराजित भएको थियो ।
आजै भारत र ए र पाकिस्तान ए बीच खेल हुनेछ । समूह ए बाट श्रीलंका ए समूह विजेता र बंगलादेश ए समूह उपविजेता बन्दै सेमिफाइनल पुगिसकेको छ ।




















प्रतिक्रिया