Logo

अर्थ

सुनको मूल्य हालसम्मकै उच्च, कतिमा हुँदैछ काराेबार ?



काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य हालसम्मकै उच्च भएकाे छ । प्रतितोला १ लाख १३ हजार ६ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यसअघि गत जेठ १८ गते प्रतितोला १ लाख १३ हजार ३ सय रुपैयाँको उच्च मूल्य रेकर्ड रहेको थियो ।

सुनको मूल्य तोलामा ५०० रुपैयाँले बढेको छ । योसँगै छापावाला सुन प्रतितोला १ लाख १३ हजार ६०० रुपैयाँ र तेजाबी सुन १ लाख १३ हजार ५० रुपैयाँ कायम भएको छ ।

हिजो पनि तोलामा ६०० रुपैयाँले बढेर प्रतितोला छापावाला सुन १ लाख १३ हजार १०० रुपैयाँ र तेजाबी सुन १ लाख १२ हजार ५५० रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य पनि नयाँ उचाइमा पुगेको छ। तोलामा ५ रुपैयाँले बढेर आज चाँदीको भाउ १ हजार ४९५ रुपैयाँ कायम भएको छ। हिजो तोलामा १० रुपैयाँले बढेर चाँदी १ हजार ४९० रुपैयाँमा कारोबार भएको थियो।

प्रकाशित मिति : ४ श्रावण २०८०, बिहीबार ११:३१   :  बजे

141
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।