Logo

प्रमुख समाचार

बैठक लाइभबारे कांग्रेस नेता गौतमले भने– ‘सबै कुरा छताछुल्ल भएर पार्टीलाई राम्रो गर्दैन’



काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य सञ्जयकुमार गौतमले बैठकको लाइभ गर्ने निर्णयप्रति आपत्ति जनाएका छन् । बिहीबारको केन्द्रीय समिति बैठकमा धारणा राख्दै उनले पार्टीको सबै विषय सार्वजनिक गर्दा यसले राम्रो नगर्ने बताए ।

‘केन्द्रीय समितिको बैठक लाइभ गर्ने जुन निर्णय पार्टीले गर्यो, योसँग म पूर्ण रुपमा असहमत छु’, बैठकमा भाग लिँदै केन्द्रीय सदस्य गौतमले भने, ‘यो गर्नु हुँदैनथ्यो । यहाँ हामीले पार्टीका विविध पक्षमा छलफल गरौंला । राष्ट्रिय, अन्तर्राष्ट्रिय विषय, न्यायपालिका, कर्मचारितन्त्र सबै विषयमा छलफल गरौंला । यी सबै कुरालाई छताछुल्ला पारेर यसले पार्टीलाई राम्रो गर्ला जस्तो मलाई लाग्दैन ।’

सोमबार बसेको पादधिकारी बैठकले केन्द्रीय समिति बैठकलाई लाइभ गर्ने निर्णय गरेको थियो । सभापति शेरबहादुर देउवाकै चाहनामा मंगलबारदेखि सुरु भएको केन्द्रीय समिति बैठक लाइभ हुँदै आएको छ । बैठकको पत्यक्ष प्रशारणबारे केन्द्रीय सदस्यहरुले पक्ष विपक्षमा मत प्रकट गर्दै आएका छन् ।

प्रकाशित मिति : ४ श्रावण २०८०, बिहीबार १६:१९   :  बजे

33
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।