काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य रामजनम चौधरीले पार्टीमा समावेशीता भएन भने पार्टी सकिँदै जाने धारणा राखेका छन् । केन्द्रीय समितिमा महामन्त्रीद्वयले पेश गरेका प्रस्तावमा एक वर्षभित्रमा ५ देखि ७ लाख पार्टी सदस्य थप्ने लक्ष्य राखिएको भएपनि समावेशीता कायम गरिएन ७ हजार सदस्य थप्न पनि गाह्रो हुने उनले बताए ।
बिहीबारको बैठकमा केन्द्रीय सदस्य चौधरीले भने, ‘एक वर्षभित्रमा ५ देखि ७ लाख सदस्य बनाउने उद्देश्य राखिएको छ । यो मार्गचित्र त राम्रो छ । तर के तपाईँहरुले गरेका काम कर्तव्यबाट कसरी ७ लाखसम्म पार्टी सदस्य थप्ने सोच्नुभा छ ? हाम्रो विधानमा र संविधानमा समावेशीता कायम गर्ने भनिएको छ । तर ४ सय जनाको तरुण दलमा थारु जम्म ४ जना ? तरुण दलमा दलितको उपस्थ्तिि हेर्नुस्, महिलासंमा पनि थारुको उपस्थिति हेरौं त ? अनि पार्टी सदस्य थप्न गाउँगाउँ गएर हामीले के भन्ने ? यसरी ७ लाख सदस्य थप्न सक्छौं महामन्त्री ज्यु ? यो तरिकाले हाम्रो पार्टी संगठन हुँदैन ।’




















प्रतिक्रिया