काठमाडौं । नेपाल तरुण दलका अध्यक्ष विद्वान गुरुङले विपी स्मृति दिवस भव्यताका साथ मनाउन मातहतका समितिलाई परिपत्र गरेका छन् । अध्यक्ष गुरुङले २०८० श्रावण ६ गते पर्ने ४१औं विपी स्मृति दिवसमा विभिन्न रचनात्मक कार्यक्रम गर्न ७७ ओटै जिल्ला कार्यसमितिलाई परिपत्र गरेका हुन् ।
साप्ताहिक रुपमा कार्यक्रम गरि वृक्षरोपन, रक्तदान, फलफुल वितरण लगायत कार्यक्रम गरि पार्टी जिल्ला कार्यसमितिले गर्ने कार्यक्रममा सहयोग गर्न अध्यक्ष गुरुङले परिपत्रमा भनेका छन् ।
आफूले गरेको कार्यको प्रतिवेदन सहित केन्द्रिय कार्यालयमा पठाउन निर्देशन दिदै विपी स्मृतिको अवसरमा बाढी, पहिरोमा परि पीडित रहेको परिवारलाई सहयोग गर्न अध्यक्ष गुरुङ द्वारा जारी परिपत्रमा भनिएको छ।




















प्रतिक्रिया