Logo

अर्थ

‘हेमबहादुर मल्ल सम्मान २०७८’ आचार्यलाई प्रदान



काठमाडौं । हेमबहादुर मल्ल सम्मान २०७८ भानुप्रसाद आचार्यलाई प्रदान गरिएको छ । जन प्रशासन संघ (पान) र साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडद्वारा बुधबार संयुक्त रुपमा आयोजित ‘हेम बहादुर मल्ल सम्मान २०७८’ सम्मान आचार्यलाई प्रदान गरिएको हो ।

यसैगरी २०७७ को सम्मापनि बुधबार नै प्रदान गरिएको छ । हेमबहादुर मल्ल सम्मान २०७७ क्रमश गोरक्ष बहादुर न्हुछे प्रधानले पाएका छन् । सम्मानित आचार्य र प्रधानलाई उपराष्ट्रपति रामसहाय प्रसाद यादवले जनही दुई लाख राशीसहित विभूषित गरेका हुन् ।

सम्मान पश्चात कार्यक्रमलाई सम्बोधन गर्दै उपराष्ट्रपति यादवले आचार्य र प्रधानले नेपाल सरकारको सचिव लगायतका जिम्मेवारीमा रहेर जनप्रशासनको क्षेत्रमा पुर्‍याएको योगदान महत्वपूर्ण रहेको उल्लेख गर्दै सम्मानका लागि छनौट भई सम्मानित भएकामा बधाई तथा शुभकामना व्यक्त गरे ।

त्यसैगरी, उक्त पुरस्कार छनौट समितिका संयोजक पूर्व गभर्नर एवम् पूर्व सचिव दीपेन्द्र पुरुष ढकालले प्राप्त निवेदनबाट लोकसेवा आयोगको मापदण्ड अनुरुप ५ वटा बिषयहरु सार्वजनिक सेवा, अनुभूति, व्यवस्थापकिय र कार्य क्षमता, पेशागत निष्ठा, सकृयता र निरन्तरता,सार्वजनिक छविको मुल्यांकनका आधारमा सर्वोकृष्ट अंकभार ल्याउन सफल प्रधान र आचार्यसहित ूर्यनाथ उपाध्यायलाई क्रमश हेमबहादुर मल्ल सम्मान २०७७ र २०७८ का लागि छनौट गरिएको जानकारी दिए ।

कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा जनप्रशासन संघका अध्यक्ष कृष्णहरि बाँस्कोटाले जनप्रशासन संघ, हेमबहादुर मल्ल र उहाँको स्मरणमा दिईने सम्मान एवम् हेमबहादुर मल्ल सम्मान २०७७ र २०७८ बाट विभूषित भएका व्यक्तित्वबारे प्रकाश पार्दै दुई लाख राशी सहितको उक्त सम्मानले नेपालको जनप्रशासन क्षेत्रमा कृयाशिल सकल परिवारलाई प्रेरणा मिल्दै आएको उल्लेख गरे ।

त्यसैगरि कार्यक्रमको प्रायोजक संस्था साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडका संचालक समिति अध्यक्ष प्रदिपलाल श्रेष्ठले कर्पोरेशनका पूर्व महाप्रबन्धक हेमबहादुर मल्ल एक निष्ठावान व्यक्तित्व भएका स्मरण गर्दै उनको नाममा स्थापित सम्मानसँग जनप्रशासन संघ जस्तो गर्विलो संस्थासँगसंगै जोडिन पाएकामा कर्पोरेशन परिवारले गर्व महशुस गर्दै आएको धारणा राखे ।

प्रकाशित मिति : ४ श्रावण २०८०, बिहीबार १९:१३   :  बजे

60
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।