Logo

माटो निकाल्ने क्रममा माटोको ढिस्काले पुरेर मृत्यु



जाजरकोट, छेडागाड नगरपालिका-३ दसेरामा माटो निकाल्ने क्रममा माटोको ढिस्काले पुरिएर सोही ठाउँ बस्ने ३० वर्षीया सितला जैसी र १६ वर्षीया आरती दाहालको शनिबार बिहान मृत्यु भएको छ ।

४ जना महिलाहरु माटो निकाल्ने क्रममा माटोको ढिस्काले पुरिएर गम्भीर घाईते भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय दशेराबाट खटिएको प्रहरीले घाईतेहरुलाई उपचारको लागि प्राथमिक स्वास्थ्य चौकी दसेरा पठाएकोमा उनीहरूको उपचारको क्रममा मृत्यु भएको हो ।

ढिस्काले पुरीएर घाइते भएका अन्य २ जनालाई थप उपचारको लागि कर्णाली प्रदेश अस्पताल सुर्खेत पठाईएको छ ।  यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : कार्तिक ९, २०७७ आईतबार  १ : ३० बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।