Logo

अर्थ

घट्याे सुनचाँदीको मूल्य, कतिमा हुँदैछ काराेबार ?



काठमाडौं । आइतबार नेपाली बजारमा सुनको मूल्य ओरालो लागेको छ ।

आज सुनको मूल्य तोलामा ५०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । योसँगै प्रतितोला छापवाला सुन १ लाख १२ हजार ३०० रुपैयाँ र तेजाबी सुन १ लाख ११ हजार ७५० रुपैयाँ कायम भएको छ ।

गत शुक्रबार पनि सुनको मूल्य तोलामा ८०० रुपैयाँले घटेको थियो । यो दिन प्रतितोला छापावाला सुन १ लाख १२ हजार ८०० रुपैयाँ र तेजाबी सुन १ लाख १२ हजार २५० रुपैयाँमा किनबेच भएको थियो ।

आज चाँदीको मूल्य तोलामा १५ रुपैयाँले घटेर १ हजार ४६५ रुपैयाँ कायम भएको छ । गत शुक्रबार तोलामा १५ रुपैयाँले घटेर चाँदी १ हजार ४८० रुपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित मिति : ७ श्रावण २०८०, आईतवार ११:०७   :  बजे

207
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।