Logo

प्रमुख समाचार

कांग्रेसका ४० प्रतिशत क्रियाशील सदस्यले रुखमा भोट हालेनन् : एनपी साउद



काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा परराष्ट्र मन्त्री एनपी (नारायणप्रसाद) साउदले पार्टीका ४० प्रतिशत क्रियाशील सदस्यले रुखमा भोट नहालेको दाबी गरेका छन् । पाचौं दिनको जारी केन्द्रीय कार्यसमिति बैठकमा धारणा राख्दै उनले २० प्रतिशत क्रियाशील सदस्यले वडा सदस्यदेखि संघीय सांसदसम्म तीनै तहका कुनै पनि उम्मेदवारलाई मत नदिएको आँकडा पेश गरे ।

बाँकी २० प्रतिशत सदस्यले आंशिक रूपमा केही उम्मेदवारलाई मत दिएर बाँकीलाई रुखमा खाली राखेको वा विपक्षीलाई मत दिएको बताए । वडा सदस्यलाई दिनेले अध्यक्षलाई नदिएको, मेयरलाई दिनेले उपमेयरलाई नदिएको जस्तो आधारमा २० प्रतितले आंशिक रूपमा मात्र मत दिएको उनको दाबी छ ।

साउदले सबै कांग्रेसका सदस्यले रुखमा भोट हाल्ने वातावरण बनाउनुपर्ने बताए । उनले बालकृष्ण खाँणको बचाउ गर्दै अनुसन्धान चली रहेको बेला निलम्बन गर्नु नपर्ने बताए ।

प्रकाशित मिति : ७ श्रावण २०८०, आईतवार १२:५४   :  बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।