काठमाडौं । अर्थमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रकाशशरण महतले एकअर्काविरुद्धको दोषारोपन त्यागेर पार्टी बलियो बनाउन लागिपर्न आग्रह गरेका छन् । पार्टी मुख्यलय सानेपामा जारी केन्द्रीय कार्यसमिति बैठकमा धारणा राख्दै उनले एकतावद्ध हुन नसक्दा पार्टी कमजोर हँुदै गएको औंल्याए ।
‘हामी कार्यक्रम गर्छौं, तर एउटा समूहको कार्यक्रम हुने, गुटको कार्यक्रम हुने । यसरी विभाजित भएर हाम्रो लक्ष प्राप्त हुँदैन । विचार, दृष्टिकोण, मिसन हामीसँग छ’, महतले भने, ‘अब फलानोले गर्दा यो पार्टी यस्तो भयो, त्यस्तो भयो भनेर दोषारोपन गरिरह्यौं भने हाम्रो लक्ष्य पूरा हुँदैन । पहिला लागिगलौज, नेतृत्लाई खुइल्याउने र अनावश्यक टिप्काटिप्पणी बन्द गरी एक मन एक चित्तले संगठनमा लागेर जनतमा गयौं भने कांग्रेसलाई जनताले साथ दिन्छन् ।’
पार्टीमा मतभिन्नता हुनु स्वभाविक रहेको महतको भनाइ छ । एकअर्कालाई कतिपय अवस्थामा मन नपराइएको पनि पार्टीको उम्मेदवार बनेर कोही व्यक्ति आइसकेपछि घात गर्न नहुनेमा उनको जोड थियो । साथै उनले अर्को निर्वाचनमा एक्लै जाने र नजाने भन्दा पनि पार्टी बिलयो बनाउन लागिपर्नुपर्ने बताएका छन् ।




















प्रतिक्रिया