काठमाडाैं । वेस्ट इन्डिजका विकेटकिपर ब्याट्सम्यान जोसुवा दा सिल्भा अहिले आमाका कारण चर्चामा आएका छन् ।
पछिल्लो तीन वर्षमा २३ टेस्ट र दुई ओडीआई खेलेका उनी अहिले आमाबुवाले विराट कोहलीलाई भेटेपछि चर्चामा आएका हुन । यो भेटको भिडियो सामाजिक सञ्जाल पोष्ट मार्फत लाखौं क्रिकेट प्रेमीहरु सम्म पुगेको छ ।
क्रिकेट मैदानमा वेष्ट इन्डिज र भारत प्रतिद्वन्द्वी भए पनि भारतीय खेलाडीलाई वेस्ट इन्डिजका विकेटकिपर ब्याट्सम्यान जोसुवा दा सिल्भाकी आमाले भने भारतीय क्रिकेटर काेहाेलीसँग अंगालाे हालेपछि क्रिकेटरलाई प्रतिद्वन्द्वीले धेरै सम्मान दिएकाे भन्दै सामाजिक सञ्जालमा चर्चा बढेकाे छ ।
खेलसँगै शनिबार क्यारेबियन दर्शकमाझ विराट कोहली र जोशुवाकी आमाको अंकमालकाे त्यो भाइरल भिडियोको चर्चाकाे विषाय बनेकाे हाे । कोहलीलाई भेटेपछि जोसुवाकी आमाले विराट कोहलीकी श्रीमतीलाई भेट्ने इच्छा राखेकी छिन् ।
कतिपयले याे भेटलाई ‘कोहली भारतीय क्रिकेटका लागि मात्र नभई अरू सबैका लागि एक इन-डिमांड खेलाडी हो’ भन्ने अर्थ लागेकाे बताएका छन्। वेस्ट इन्डिजका पूर्व कप्तान जेसन होल्डरले पनि दुई देशबीचको सम्बन्ध निकै राम्रो रहेको बताए ।
तर हिजाे शनिवारकाे खेल वेस्ट इन्डिजविरुद्धको दोस्रो टेस्ट क्रिकेटमा भारतले राम्रो प्रदर्शन गरे पनि घरेलु टोलिले पनि सम्हालेर प्रदर्शन गरेको छ । भारतले ४३८ रन बनाएको जवाफमा मैदान उत्रिएको वेस्ट इन्डिजले दिनको खेल सकिँदा १ विकेट गुमाएर ८६ रन बनाएको छ ।
भारतले पहिलो इनिङमा ४३८ रन बनाउँदा विराट कोहलीले आफ्नो ५०० औँ खेलमा २९ औं टेस्ट शतक बनाए भने रविन्द्र जडेजा र रविचन्द्रन आश्विनले पनि अर्धशतक बनाएका छन् । जवाफमा वेस्ट इन्डिजले दोस्रो दिनको खेल समाप्त हुँदा ४१ ओभरमा ८६/१ रन बनाएको थियो भने पहिलो इनिङ्समा ३५२ रनले पछि परेको थियो ।
पहिलो दिनको २८८/४ को स्कोर अगाडि खेल्दै भारतीय टोलीले ८८औं ओभरमा ३०० रनको अंक पार गरेको थियो । यसपछि विराट कोहलीले आफ्नो ५०० औँ अन्तर्राष्ट्रिय खेलमा आफ्नो २९औँ टेस्ट शतक र ७६औँ अन्तर्राष्ट्रिय शतक बनाए । रविन्द्र जडेजाले पनि आफ्नो १९ औं टेस्ट अर्धशतक बनाए र दुई ब्याट्सम्यानले पाँचौं विकेटका लागि १५० रनको साझेदारी गरे।
तर, ३४१ रनको स्कोरमा भारतलाई पाँचौं झटका लाग्यो र विराट कोहली १२१ रन बनाएर रनआउट भए । जडेजा र इशान किशनले टोलीलाई ३५० रनमा पुर्याए पनि ३६० रनमा जडेजा पनि ६१ रन बनाएर केमार रोचले आउट भएका थिए ।
खाजापछि ११४औं ओभरमा ३९३ रनको स्कोरमा इशान किशन २५ रनमा आउट भए र जेसन होल्डरले प्याभिलियन पठाए । यसपछि भारतले ११७ औं ओभरमा ४०० रनको अंक पार गर्यो । भारतलाई १२३औं ओभरमा ४१६ रनमा १२७ औं ओभरमा ४२६ रनमा नवौँ झटका लागेको थियो। जयदेव उनाडकटले ७ रन बनाए भने मोहम्मद सिराजले खाता नखोल्दै जोमेल वारिकनले आउट गरेका थिए ।
रविचन्द्रन आश्विनले आफ्नो १४ औं टेस्ट अर्धशतक पूरा गरे तर तुरुन्तै १२८ औं ओभरमा ४३८ रनमा ५६ रन बनाएपछि केमार रोचले आउट गरे । इन्डिजका लागि जोमेल वारिकन र केमार रोचले तीन–तीन तथा जेसन होल्डरले दुई विकेट लिए ।
भारतको ४३८ रनको जवाफमा वेस्ट इन्डिजले आफ्नो पहिलो इनिङ्समा राम्रो सुरुवात गरेको थियो । कप्तान क्रेग ब्रेथवेटले तेजनारिन चन्द्रपलसँग पहिलो विकेटका लागि ७१ रनको राम्रो साझेदारी गरे। भारतीय टोलीले लामो समयसम्म कुनै सफलता हात पार्न नसके पनि ३५ औं ओभरमा तेजनारायण चन्द्रपल (३३) लाई आउट गर्दै रविन्द्र जडेजाले टोलीलाई पहिलो सफलता दिलाए ।
तर, यसपछि क्रेग ब्राथवेट र डेब्यु खेलाडी किर्क म्याकेन्जीले सम्हालिएर खेल्दा वेस्ट इन्डिजले ४१ ओभरमा एक विकेट गुमाएर ८६ रन बनाएको थियो। क्रेग ब्राथवेट ३७ र किर्क म्याकेन्जी १४ रनमा अविजित छन् ।




















प्रतिक्रिया