Logo

खेलकुद

भारतलाई हराउँदै पाकिस्तान च्याम्पियन



काठमाडाैं । पाकिस्तानले एसीसी इमर्जिङ टिम्स एसिया कपको उपाधि जितेको छ ।

चिर प्रतिद्वन्द्वी भारतलाई १ सय २८ रनको विशाल अन्तरले हराउँदै एसिसी इमर्जिङ टिम्स एसिया कप क्रिकेट प्रतियोगिताको उपाधि पाकिस्तानले जितेको हाे ।

आइतबार भएको फाइनल खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको पाकिस्तानले निर्धारित ५० ओभरमा आठ विकेट गुमाएर तीन सय ५२ रनको विशाल स्कोर बनाएको थियो । पाकिस्तानका लागि मुहम्मद तैयब ताहिरले टोलीका लागि सतकीय योगदान गरेका थिए । उनले एक सय आठ रन बनाए । आक्रामक रुपमा प्रस्तुत भएका उनले केवल ७१ बलको सामना गरी चार छक्का र १२ चौका पनि प्रहार गरे ।

ओपनर ब्याट्सम्यान सइम अयुब र सहिबजादा फरहान उल्लाहले पनि अर्धसतकीय पाली खेले । सइमले ५९ रन बनाए । उनले ५१ बलको सामना गरी दुई छक्का र सात चौका हिर्काए । अर्का ओपनर सहिबजादाले ६५ रन बनाए ।

उनले ६२ बलको सामना गरी चार छक्का र चार चौका हिर्काएका थिए । ओपनिङ ब्याट्सम्यानले एक सय २१ रनको साझेदारी गरेका थिए । तेस्रो नम्बरमा क्रिज समाल्न आएका ओमाइर बिन युसुफले पनि टोलीको खातामा ३५ रन थपेका थिए । सातौं नम्बरका ब्याट्सम्यान मुबासिर खानले पनि ३५ रन बनाए । भारतीय बलर राजबद्र्धन हंगारगेकर र रियान परागले दुई–दुई विकेट लिए ।

प्रकाशित मिति : ८ श्रावण २०८०, सोमबार ०७:११   :  बजे

129
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।