Logo

प्रमुख समाचार

केन्द्रीय समितिमा कांग्रेस महामन्त्री शर्माको प्रस्ताव : ‘रुपान्तरणका लागि एक्जिट पोलिसी बनाऔं’



काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टी रुपान्तरणका लागि ‘एक्जिट पोलिसी’ आवश्यक रहेको बताएका छन् । गत सोमबार सुरु भएको केन्द्रीय कार्यसमिति बैठकमा धारणा राख्दै महामन्त्री शर्माले यस्तो बताएका हुन् ।

‘राजनीतिक रुपान्तरणका लागि अब एक्जिट पोलिसी जरुरी देखियो’, उनले भने, ‘विगतमा ७० वर्ष नाघेकालाई विश्राम दिनुपर्छ भन्दा मैले नै राजनीतिमा एज होइन एजेन्डा चाहिन्छ भनेर भनेको हुँ । अबर अब एक्जिट पोलिसी चाहिँ बनाउनै पर्ने देखियो । राष्ट्रपति एक पटक मात्रै, प्रधानमन्त्री दुई पटक मात्रै, मन्त्री तीन पटक मात्रै र सांसद बढीमा चार पटक मात्रै बन्न पाउने बनाइयो भने रुपान्तरण आफै हुन्छ ।’

महामन्त्री शर्माले पार्टी सभापति शेरबहादुर देउवालाई बैठकमा आएका सबै कुरालाई सहज रुपमा ग्रहण गर्न आग्रह पनि गरेका छन् । ‘सभापतिले सर्वाजनिक र अन्तरिक रुपमा आएका सबै कुरालाई आत्मसाथ गरेर पार्टी बलियो बनाउनुपर्छ’, उनले भने ।

प्रकाशित मिति : ८ श्रावण २०८०, सोमबार १७:३३   :  बजे

27
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।