Logo

राजनीति

देउवाकै अगाडि भएकाे थियाे प्रचण्ड, माधव र उपेन्द्रबीच समाजवादी माेर्चा बनाउने सहमति



काठमाडौं । रक्षामन्त्रीसमेत रहेका नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले पार्टी सभापति शेरबहादुर देउवाकै अगाडि तीन वामन्थी दलहरुबीच समाजवादी मोर्चा बनाउने सहमति भएको स्पष्ट पारेका छन् । केन्द्रीय समिति बैठकमा सदस्यहरुले कसका विरुद्ध मोर्चा बनेको हो यसबारे पार्टीमा गम्भीर छलफल गर्नुपर्ने भनेपछि जवाफमा उपसभापति खड्काले देउवाकै सहमतिमा मोर्चा गठन भएको बताए । उपसभापति खड्काले गठबन्धनका विश्वासको वातावरण बन्ने भएपछि समाजवादी मोर्चा गठनविरुद्ध आपत्ति नरहेको बताए ।

‘पुस १० मा टुटेको गठबन्धन पुनः स्थापित गर्ने सन्दर्भमा पार्टी सभापति, माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादी अध्यक्ष माधव नेपाल र जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादव बसेकै बेला समाजवादी र्माचा बन्दा विश्वासको वातारण बन्ने, आशंका हट्ने भएपछि त्यही दिन नै राति सभापति ज्यूकै अगाडि मोर्चा बनाउने सहमति तीन दलबी भएको हो’, उपसभापति खड्काले भने, ‘कांग्रेसलाई प्रचण्ड जीले जानकारी गराएरै त्यस दिन त्यो निर्णय भएको हो । त्यसैअनुसार पछि विप्लव जी थपिएर चार दलको मोर्चा सार्वजनिक भएको अवस्था हो । यसलाई यही रुपमा कांग्रेसले बुझ्नुपर्छ ।’

प्रकाशित मिति : ८ श्रावण २०८०, सोमबार १९:१९   :  बजे

51
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।